२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विदुरमा नगरपालिकाको लापरवाहीले सडक भासिएपछि पैदलयात्रीले समेत सहज हिड्न पाएनन्

१६ साउन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा पर्ने नेपाली सेनाको व्यारेकको खोल्सामा कल्भर्टमाथि विदुर नगरपालिकाले लोडर चलाएर कमजोर परेपछि भत्किएको सडक तीन दिन हुँदा पनि बन्न सकेको छैन । हिजोसम्म अस्थायी रूपममा सडक खुलेपनि शनिबार बिहानैदेखि पुनः सडक भासिएर पैदलयात्रुले समेत हिड्न पाएका छन । सयाैँ सवारीसधान बाटोमै अलपत्र परेका छन ।

बिहानदेखि सवारी साधन हिड्न नपाएपछि पैदल हिड्न खोज्नेले समेत ज्यानै जोखिममा राखेर हिडिँरहेका छन । उनीहरू हिलोमा लड्दै चिप्लीदै खोल्सा पार गरिरहेका छन । जनप्रतिनिधि, प्रशासन, प्रहरी, शसस्त्र प्रहरी सबै रमिते बनेका छन । बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नगरिकहरू भीरबाट कष्टपूर्ण रूपमा चिप्लिदैँ हिडिँरहेका छन । तस्बीरः पत्रकार नविदिप अजनवी र माधवकुमार गजुरेल

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १७:०५