२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

२४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


१५ साउन, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९७८३ जनाको पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११४४ जना गरी थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा १ ८१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:०३