२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश


१५ साउन, काठमाडौँ । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १६:५६