२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

ओली सरकारले ल्याएको खोप पनि देउवा सरकारले व्यवस्थापन गर्न सकेनः सांसद पाल

१५ साउन, काठमाडौँ । नेकपा एमालेकी सांसद् निरु पालले वर्तमान सरकारले कोभिड विरुद्धको खोप व्यवस्थापन गर्न नसकेको बताइन् । प्रतिनिधिसभाको आजको बैठकको  शून्य समयमा बोल्दै सांसद् पालले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले किनेर र अनुदानमा ल्याएको १ करोड ३१ लाख खोप बाहेक वर्तमान सरकारले अरु खोप व्यवस्था गर्न नसकेको बताइन् ।

सांसद पालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आएको खोपसमेत व्यवस्थापन गर्न नसकेको बताइन् । उनले भनिन्,‘गठबन्धन सरकारले खोप खोप खोप भनेपनि ओली सरकारले अनुदानमा र किनेको १ करोड ३१ लाख डोज खोप बाहेक हरु व्यवस्थापन गरेको जस्तो लाग्दैन ।’

कोभिड पहिलो र दोस्रो लहरले जेष्ठ नागरिक र युवालाई तथा तेस्रो लहरमा बालबालिका प्रभावित हुने बताइरहेको भन्दै सांसद् पालले सबै जनतालाई पुग्नेगरी खोप व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । कोभिडको तेस्रो लहर फैलँन नदिन थप तयारी गर्न पनि सरकारको पनि ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १५:१३