२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महन्थ ठाकुरले दायर गरेको रिटमाथि सुनुवाइ सुरु

१५ साउन, काठमाडौँ । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि  सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।  ठाकुरले दायर गरेको रिट निवेदनमा आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा  सुनुवाइ सुरु भएको हो ।

निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्य कायम गर्ने विषयमा गरेको निर्णयविरुद्ध ठाकुरले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुर पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए ।

आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १३:४१