२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले पार्टी कार्यालयमा खीर खाएर साउन १५ मनाइँदै

१५ साउन, काठमाडाैँ । नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउन लागेकाे छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको  तामाङले जानकारी दिए ।  आज दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १३:१५