१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सांसद माग्दै चार नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश भट्टराईको इजलासमा

१५ साउन, काठमाडाैँ ।  नेकपा एमालेका नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा हुने भएको छ ।  नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद पद माग्दै  बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । चार नेताहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

संविधान विपरित नेकपा माओवादी केन्द्रले कारबाही गरी प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको दाबीसहित चार नेताहरुले रिट दायर गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रको आधारमा गत चैत २६ गते संसद सचिवालयले उनीहरुलाई पदमुक्त गरेको थियो ।

उनीहरूले सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट पुनर्वहालीको माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको दावी गरेका छन् । उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १२:१५