१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कानुन बनाउन सरकारलाई कांग्रेसको अबरोध, चिकित्सा शिक्ष विधेयकको बिरोधमा संसद अबरुद्ध

३२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याउन खोजेको बिधेयकको बिरोधमा संसद बैठकमा अबरोध सिर्जना गरेका छ । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका छन । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए ।

सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै उनले बिरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे पनि कांग्रेस सांसदले बैठकको अबरोध कायम राखेपछि बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १३:४२