२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

विराटनगरमा प्राथमिकतामा परेकाले पाएनन् खोप तर कांग्रेस नेताको घरघरमै सेवा

१४ साउन, विराटनगर । विराटनगरमा प्राथमिकतामा परेकाले खोप नपाउने तर नेपाली कांग्रेसका नेता र कार्यकर्ताको घरघरमै खोप पुग्न थालेपछि स्थानीय आन्दोलित बनेका छन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्राथमिकतामा परेकाहरूका लागि खोपप छैन भन्ने तर कार्यकर्ताको भने घरघरमै खोप बोकेर हिड्नेक्रममा बुधबार राति लखेटिएका थिए ।

स्थानीयहरूले विराटनगरको मुनाल पथमा स्थानीय काङ्ग्रेस नेता विमल राजभण्डारीका घरमा खोप पुर्याउन गएका समयमा पराजुलीलाइ लखेटेका थिए । बिहीबार उनीहरूले प्रदर्शन गरेका छन । खोप खोइ भन्दै प्ले कार्ड लिएर उनीहरूले प्रदर्शन गरेका हुन । पराजुलीले कांग्रेसका नेता कार्यकर्ताका घरमा र आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएपछि स्थानीय युवा आक्रोशित बनेका हुन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १४:०५