३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

सामलिङ्ग पावरले साउन २२ देखि आईपीओ निष्काशन गर्ने, क-कसले दिने आवेदन ?


१४ साउन, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि  साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा ५० लाख रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमम्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ छिटोमा भदौ ४ गते र ढिलोमा भदौ २० गते बन्द हुनेछ । लगानीकर्ताले आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ११:११