३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


१४ साउन, काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  बैंकले १० वर्ष अवधिको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ मा आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको छ । बैंकले असार ३१ गते ऋणपत्रको बिक्री खुला गरेको थियो ।

माछापुच्छ्रेले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाएको छ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ०७:४५