२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

माधव समूहको निष्कर्षः देउवाका लागि भोट दिने २१ जना नै ६/६ महिना मन्त्री हुने

१३ साउन, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका संसदहरूले नयाँ दल खोलेर एमाले छाड्ने निष्कर्ष निकालेकाछन । एमालेको निर्देशनविपरित शेरबहादुर देउवालाई भोट दिने २२ सांसदले एमालेमा नरहने निष्कर्षय निकालेका हुन । बैठकमा सहभागी एक सांसदका अनुसार अब चाँडै नै नयाँ दल खोलेर सरकारमा सहभागिता जनाउने विषयमा निर्णय हुनेछ । उनका अनुसार अध्यादेश मार्फत दल विभाजन गरेर नयाँ दल स्थापना गरिनेछ ।

नेपालले आफूबाहेकका २१ जना सांसदसँग गरेको छलफलमा सबैजसो नयाँ दल बनाएर सरकारमा जानुपर्नेमा एक मत भएको बिरोध खतिवडाले जानकारी दिए । उनले सरकारमा सहभागिताको विषयमा चाँडो निर्णय लिन पनि दाबब सिर्जना गरिएको बताए । कतिपय सांसदले माधव नेपाल एमालेमै फर्किए सांसद पदबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गर्ने धम्की समेत दिएका थिए । उनीहरूले ७र७ जनाको दरले देउवालाइ मत दिने सबैलाइ मन्त्री बनाउनुपर्ने बताएका थिए ।

सांसदहरूको कुरा सुनेपछि माधव नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै चल्ने र नयाँ दलको प्रक्रिया धेरै अघि बढिसकेको बताएका थिए । उनले नयाँ नयाँ शर्त तेर्साएर अझै केही नेता र सांसद तान्न सकिन्छ कि भनेर कोशिश गरिरहेको पनि बताएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १९:५८