२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

डीआइजी श्रेष्ठ पदमुक्त, यसअघिको अन्तरिम आदेश खारेज

१३ साउन, काठमाडौँ । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनःपदमुक्त भएका छन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै पदमुक्त भएको एक महिनापछि श्रेष्ठ अदालत गएका थियो । श्रेष्ठको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै श्रेष्ठ फेरी पदमुक्त भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १७:००