२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

माधव नेपाल पक्षीय सांसद छलफलमा, सरकारमा जाने वा नजाने आजै निर्णय लिइने

१३ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालकाे आफू निकट सांसदहरुसँग छलफल जारी रहेकाे छ । बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा उनीहरुले छलफल जारी रहेकाे हाे ।

छलफलमा नेता नेपालसहित २२ सांसद सहभागि रहेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदकाे छलफल देउवा नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा केन्द्रीत रहेको बताइएको छ । उनिहरूले सरकारमा सहभागि हुने वा नहुनेबारे आजै निर्णय लिइने बताइएकाे छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १६:०३