२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग पुनर्निर्माणको शिलान्यास हुँदै

१३ साउन, हेटाैँडा । दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग पुनर्निर्माणको शिलान्यास हुँने भएको छ । बागमी प्रदेश सरकारको प्राथमिकता प्राप्त योजनामा रहेको चुरियामाई सुरुङ्गको पुनर्निर्माणको काम सुरू गर्न लागिएको र यही असार १४ गते शिलान्यासको कार्यक्रम रहेको मुख्यमन्त्री डोरमणि पाैडेलका स्वकीय सचिव अनुप पाैडेलले जानकारी दिए ।

उनले सुरङ्गलाइ बागमती प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रको रुपमा विकास गर्न बहुवर्षिय योजना अगाडि बढाइएको बताए ।  सन् १९१७ मा दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्ग बनेको थियो । श्री ३ चन्द्र शमशेरको पालामा नेपाली ईन्जिनियर डिल्लीजगं थापाले ईन्जिनियरीङ्ग गरेको सुरुङ्गलाई सम्पदाको रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १५:३५