२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

आफूहरू माओवादी नै रहेको भन्दै एमालेका चार नेता सांसद माग्दै सर्वोच्चमा

१३ साउन, काठमाडाैँ । नेकपा एमालेका चार नेता सांसद पद माग्दै सर्वोच्च अदालत पुगेका छन । एमाले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद पद माग्दै सर्वोच्च अदालत पुगेका हुन । उनीहरूले संविधान विपरित नेकपा माओवादी केन्द्रले कारबाही गरी प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको दाबीसहित चारद्वारा रिट दायर गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रको आधारमा गत चैत २६ गते संसद सचिवालयले उनीहरुलाई पदमुक्त गरेको थियो । उनीहरूले सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट पुनर्वहालीको माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १५:२४