२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

एमसीसी पास भए नेपाल अमेरिकाको उपनिवेश हुन्छः उपाध्यक्ष रावल

१३ साउन, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले एमसीसीको राष्ट्रहित विपरितका प्रावधान हुवहु पारित गरे नेपाल अमेरिकाको उपनिवेश बन्न पुग्ने चेतावनी दिएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत उपाध्यक्ष रावलले यस्तो बताएका हुन । केहीदिन यता एमसीसी पास गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएपछि सबै त्रसित बनेका छन ।

रावलले ट्वीटमा भनेका छन ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १४:३२