२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

प्रचण्ड मन्त्री छान्न व्यस्त भएपछि माओवादीको स्थायी समिति बैठक स्थगित

१३ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री छान्न व्यस्त भएपछि आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

अध्यक्ष प्रचण्ड  सत्ता गठबन्धनको बैठकमा  व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । मंगलबार बसेको बैठकले बुधबार माओवादीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १३:२९