२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, माधव नेपाल पक्ष पनि सहभागी

१३ साउन, काठमाडौँ ।  मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । एमालेको माधव नेपाल पक्षबाट पनि आजको बैठकमा सहभागि रहेका छन् ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । त्यस्तै सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेका छन् ।

नेता नेपालसँग मंगलवार माओवादी अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका थिए ।  भेटवार्ता नेता नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए । आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १०:३०