१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साेमबार नेप्सेमा ७ लाख ५७ हजार कित्ता बोनस सेयर सूचिकृत

११ साउन, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही बोनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १०:४१