२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकद्धारा राजीनामाकाे घोषणा

१० साउन, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाबाट राजीनामा दिन लागेको घोषणा गरेका हुन् ।

‘म राजीनामाका लागि एन्फा जाँदैछु, त्यसको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्,’ उनले लेखेका छन्, ‘पछिल्लो तीन हप्तादेखि उनले मसँग नाटक गरिरहेका छन् । ’साथै उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दै भनेका छन्, ‘मलाई आशा छ, अब तपाईं खुशी हुनु भयो ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १३:३५