१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

 नबिल बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पनि एक नम्बरको ताज हासिल गर्यो

८ साउन, काठमाडाैँ । नबिल बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पनि एक नम्बरको ताज हासिल गरेको छ । यसअघि नेपाल टेलिकमले बजार पुँजीकरणका आधारमा नेप्सेमा एक नम्बरको ताजमा कब्जा जमाउँदै आएको थियो । अब भने नबिलले टेलिकमलाई उछिन्दै सर्वाधिक ठूलो पुँजीकरण भएको कम्पनीका रुपमा आफुलाई स्थापित गरेको हो ।

बिहीबार नबिल बैंकको शेयर मूल्यमा सुधार आएसँगै बजार पूँजीकरणमा पहिलो स्थानमा उक्लिन सफल रह्यो । बिहीबार नबिल बैंकको सेयर मूल्य प्रति कित्ता पाँच रुपैयाँले बढ्दा नेपाल टेलिकमको प्रतिकित्ता शेयर मूल्य ६ रुपैंयाले घटेको थियो । सोही उचारचढावले नबिललाई पहिलो नम्बरमा पुर्याएको हो ।

बिहीबारको अन्तिम पटकको कारोबारका आधारमा नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैंया पुगेको थियो । नेप्सेमा नबिलको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत भएको छ र बजार बन्द हुँदा प्रतिकित्ता सेयरको मूल्य १ हजार ४५९ रुपैंया थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १९:०४