२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

जसपा अध्यक्ष ठाकुर र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

९ साउन, काठमडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मासँगै ठाकुर निवास पुगेका विप्लवले करिब एक घण्टा बिताएका थिए । उनीहरूको बीचमा समसामयिक राजनीतिको विषयमा कुराकानी भएको जसपा नेताले बताएका छन । विप्लवले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लगायतसँग पनि भेटवार्ता गरेका छन । ओली सरकारको समयमा विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १६:०५