२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

युथफोर्सको कार्यक्रममा केपी ओली अनुपस्थित, एकताको नाममा दोस्रो तहका नेताले रोके

९ साउन, काठमाडौँ । राष्ट्रिय युवा संघले व्यूताएको युथफोर्सको भ्याली कमाण्ड घोषणासभामा प्रमुख अतिथि बनेर जान तयार भएका एमाले अध्यक्ष केपी शर्मा ओली अन्तिम मसयमा अनुपस्थित भएका छन । एकताको नाममा दौडधुप गरिरहेका दोस्रो तहका नेताहरूले ओलीलाई रोकेको पाइएको छ ।

अध्यक्ष ओली माइतीघरको कार्की बैंकट नपुगेपछि महासचिव इश्वर पोखरेललाई प्रमुख अतिति बनाएर कार्य्रकम सञ्चालन भैरहेको छ । दोस्रो तहका नेताहरूले युथफोर्सको गतिबिधिमा भन्दा पनि माधवकुमार नेपालसँग वार्ता गर्नुपर्नेमा जोड दिएको बुझिएको छ । यद्यपी नेपाल समूहको पिपुल भोलिन्टियर्सको घोषणा भने माधवकुमार नेपाल स्वयंले गरेका थिए । उनीहरूले युथफोर्सका विरूद्ध लड्न संगठन बनाएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १५:२९