२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मन्त्री छान्न नसक्दा प्रचण्ड मानसिक तनावमा, श्रद्धाञ्जलीसभामै यसरी पोखे पीडा

९ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री छान्ने विषयले आफू मानसिक समस्यामा परेको बताएका छन ।

शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनावमा रहेको बताए ।

प्रचण्डले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताउँदै भने ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो । मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ । नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ।’

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १०:४८