२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

क्यानले गर्ने घरेलु प्रतियोगिता अब एक्सन स्पोटर्समा लाइभ हुने

९ साउन, काठमाडाैँ । घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर््सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो ।

सम्झौतानुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रसारणको अधिकार डिशहोमले पाएको छ । क्यानले झण्डै रु एक करोड बराबरको वार्षिक सम्झौता गरेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार ०६:१०