२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

३२ औँ ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिताको भव्य उद्घाटन

८ साउन, काठमाडाैँ । जापानको टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार २०:२७