२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

काेराेना अपडेटः २९७७ संक्रमित थपिए, १८ जनाको मृत्यु, १६७८ संक्रमणमुक्त

८ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनामा एन्टिजेन परीक्षण गर्दा ९९५ जना गरी जम्मा २९७७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १६७८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १६:०७