१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुजिता भण्डारी मृत्यु प्रकरणः दुरूत्साहन आरोपमा दाजु नाता पर्ने पक्राउ

८ साउन, चितवन । चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरीले पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो।  उनी नाताले दाजु पर्छन् ।

सुकदेवलाई प्रहरीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। सुकदेव आफ्नै ठुलबाबाको छोरा हुन् । सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवाद भएको थियो। सुजिताले ‘विवाह नगर्ने भए म मर्छु’ भनेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन।असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १६:३२