२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रधानमन्त्री देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री भट्टबीच भेटवार्ता


८ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्ट र  प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

सुदुरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रण र सुदुरपश्चिम प्रदेशको समग्र विकासको बारेमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शीव ओलीले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १३:०६