२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सुजिता भण्डारी मृत्यु प्रकरणः परिवारले गरे आफन्त युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता


८ साउन, चितवन । चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की भण्डारीलाई आत्महत्याका गर्न बाध्य पारिएकाे भन्दै आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको हाे ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । उनले यसअघि छोरीको हत्या भएको भन्दै जाहेरी दिएकी थिइन्। असार ११ गते हराएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा  मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १२:४५