२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राष्ट्रियसभाः निजामती सेवा विधेयक अगाडि बढाउन माग


७ साउन, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्थ गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सांसद उदया शर्मा पौडेलले बन्दाबन्दी खुकुलो भएसँगै बढ्दै गएको भिडप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“भारतमा अहिले कोभिडबारे सतर्कता अपनाइएको छ, नेपालमा भिडभाड झन् बढेकोले चिन्ता बढाएको छ । सार्वजनिक यातायातमा स्यानिटाइजरको व्यवस्था छैन ।” सांसद जगप्रसाद शर्माले निजामती सेवा ऐन विधेयकमै थन्किदा लोकसेवा आयोगको काम अगाडि बढ्न नसकेको भन्दै विधेयक अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १७:३९