२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काेराेना अपडेटः २७१४ संक्रमित थपिए, २४ जनाको मृत्यु, १२८८ संक्रमणमुक्त


७ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९१२२ जनाको पीसीआर परीक्षण गर्दा १८५५ र ३७०७ जनामा एन्टिजेन परीक्षण गर्दा ८५९ जना गरी जम्मा २७१४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १२८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १७:१२