२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

चितवनमा मृत फेला परेका व्यक्ति धादिङका सैनिक हवल्दार रहेकाे पुष्टि


७ साउन, चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । मृत फेला परेका व्यक्ति नेपाली सेनाको हवल्दार रहेकाे  चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले बताए । थापाका अनुसार नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौँमा कार्यरत धादिङ नीलकण्ठ नगरपालिका –१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेका छन् ।

नजिकै खोकासमेत भेटिएको थियो । मृतककाे दाहिने कान र देब्रे कानमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानले गुरुङको गोली हानेर हत्या भएको आशंका गरिएको प्रहरीले बताएको छ ।  गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १५:५३