१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

७ साउन, काठमाडाैँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।  संस्थाले आफ्नो जारी पूँजी २ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हाे ।

जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएकाे हाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

सो सम्बन्धमा आदर्श लघुवित्त र बीओके क्यापिटलबीच बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा आदर्श लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले हस्ताक्षर गरेका छन्। संस्थाकाे सेयर रजिष्ट्रारकाे काम पनि बि.ओ.के. क्यापिटल लिमिटेडले नै गर्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १५:२२