२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

चीनबाट थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो


७ साउन, काठमाडाैँ । कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ जाने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल बताए ।

उक्त जहाज भोलि दिउँसो २ बजे काठमाडौँ फर्कनेछ । बाँकी डोज खोपका लागि साउन ९ गते शनिबार एयरलाइन्सको जहाज  पुनः बेइजिङ जाने कार्यक्रम  रहेकाे छ ।  चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १४:५७