२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

झलनाथ खनालले सरकारबाट पाए ३० लाख, भारतमै मिर्गाैला पत्यारोपण गर्ने तयारी


७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले ३० लाख रुपैयाँ निकासा गरेकाे छ । मिर्गौलाको उपचारका लागि भारतको एपोलो अस्पतालमा उपचाररत रहनुभएका खनालको उपचारका लागि सरकारले ३० लाख रूपैयाँ निकासा दिएको हो ।

एमाले नेताहरूका अनुसार खनालको मिर्गाैला पत्यारोपण गरिने तय भएको छ । खनालको दुबै मिर्गाैला बिग्रिएपछि तीन महिना अघि नै चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए । दिल्लीस्थित नेपाल दूतावासका अनुसार परराष्ट्र मन्त्रालयमार्फत ३० लाख रूपैयाँ भुक्तानी भैसकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०९:११