२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

माधव नेपालले एमालेप्रति गरेको गद्दारी गिनिज बुकमा लेखिन्छः अध्यक्ष ओली


६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने खालको भएको बताएका छन । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले सर्वोच्चको फैसला समेत संसारमै नयाँ रेकर्ड राख्ने खालको रहेको बताए । अध्यक्ष ओलीले सर्वोच्चको परमादेशको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन भएको बताए ।

बैठकमा ओलीले समयमै पलाएको एजेँरु उखेल्न नसक्नु आफ्नो कमजोरी रहेको बताए । ओलीले भने, ‘माउसुलीले कहिले काँहि पुच्छर फालदिन्छ् । त्यो कारण उ आत्तिदैन किनकी पुच्छर तुरुन्तै पलाउछ्। अहिले पनि पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ। अन्य बिरोधि गोमन साँप जसरी फडा फिइजाएर आएका थिए तर राजपाको साथ लिएर कम्युनिष्ट सरकार बचाए।’

उनले  माधवकुमार नेपाल वर्ग बिरोधी कम्युनिष्ट विचार  जनताका उन्नती बिरोधीसंग साँठगाँठ गरेर लागेको बताए । उनले आफूसँग कुनै आग्रह नरहेको भन्दै पार्टीमा फर्किन अनुरोध गरे ।

ओलीले भने, ‘म एकताको मोही अझै मथ्दै छु। सकभर उता लागेका सबैलाई आफ्नो राजनैतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्दछु ।’ उनले एमालेको विभाजन गर्न अध्यादेश ल्याउन लागिएको र राष्ट्रपतिको विरूद्धमा महाअभियोग लगाउन लागिएको बताउँदै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।

ओलीले महाभारतको प्रसंग जोड्दै भने, ‘म यो अन्तिम क्षण मा साथीहरुलाई भन्छु पार्टी एकतमा आउनुहोस्। नत्र भोलि पुस्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार २०:४१