२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

अमेरशले दिए सांसद पदबाट राजिनामा, सभामुखलाई लेख्नुपर्ने पत्र देउवालाई लेखे


६ साउन, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । यद्यपी उनले सभामुखलाई दिनुपर्ने राजिनामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाललाई दिएका छन ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।

आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १८:५७