२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

२ सय ८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए


६ साउन , ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताउनुभयो । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:४२