२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काेराेना अपडेटः २८३८ संक्रमित थपिए, ३० जनाको मृत्यु, १४७५ संक्रमणमुक्त


६ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ ७१५ जनाको पीसीआर परीक्षण गर्दा १९१८ र ३९०१ जनामा एन्टिजेन परीक्षण गर्दा ९२० जना गरी थप २८३८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ३० जना मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १४७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:११