२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

गुटको बैठकमा नगएपछि भीम रावलको घरमै पुगे माधव नेपाल


६ साउन, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गुटको बैठक बहिष्कार गरेपछि माधवकुमार नेपाल रावलको घरमा पुगेका छन । नेपालसँग असन्तुष्ट बनेर सांसद पदबाट समेत राजिनामा दिएका रावलसँग कुरा गर्न नेता नेपाल रावल निवास टोखा पुगेका हुन ।

पार्टी विभाजनको अन्तिम तयारीमा माधव नेपाल लागेपछि असन्तुष्ट बनेका उपाध्यक्ष रावल आज नेपालले बोलाएको गुटको बैठकमा सहभागी भएनन् । नेपालले आज दिउसो बानेश्वरमा आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका छन । एमाले बिवाद मिलाउन गठित कार्यदलमा नेपालको तर्फबाट नेतृत्व गरेका उपाध्यक्ष रावल नेपालले बोलाएको गुटको बैठकमा नगएका हुन ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:०८