२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

रेडबुल बेच्ने चार जना पक्राउ

६ साउन, काठमाडाैँ । सरकारले प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेडबुलको बिक्री वितरणमा संलग्न चार जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडाैँको विभिन्न स्थानबाट चार जना पक्राउ परेको जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ रेड बुल बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना व्यक्तिहरुबाट जम्मा २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको जनाएको छ ।

प्रहरीले बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखि जिल्ला सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने बिरेन्द्र चौधरीले बिक्रिवितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट बरामद गरिएको, पक्राउ परेका मानिसहरुलाई बरामद सामान सहित आवश्यक कार्वाहीको लागि भन्सार बिभाग पठाइएको जनाएको छ ।

पक्राउ पर्नेमा बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक बर्ष ४४ को रबिनराज ‍श्रेष्ठ, जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. ९ घर भई का.जि. का.म.न.पा ११ गंगबु बस्ने बर्ष ३६ को राजु पौडेल, जिल्ला ओखलढुङ्गा चम्पा देवि गा.पा वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. १० निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक बर्ष ३१ को धन बहादुर श्रेष्ठ रहेका छन ।

प्रहरीले २०७६ सालको असार २ गते राजपत्रको भाग ५ मा सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ बेच्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : 14:44