२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

काेराेना अपडेटः थप ३१०८ मा संक्रमण पुष्टि, २५ जनाको मृत्यु, १५९५ संक्रमणमुक्त

५ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८८३६ जनाको पीसीआर परीक्षण गर्दा २२०२ र ४२९९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०६ जना गरी थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा काेराेना संक्रमणबाट थप  २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १७:००