२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

साउन ६ गते सेयर बजार बन्द हुने

५ साउन, काठमाडाैँ । साउन ६ गते बुधबार धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्से बन्द हुने भएकाे  हाे ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बकर इदको लागि साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बजार पनि बन्द हुने भएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ११:५४