२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

माधव नेपाल र उपेन्द्र यादव भेटेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

५ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

आज बिहान कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेलगत्तै प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका प्रचण्ड मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

गत आइतबार प्रतिनिधिसभामार्फत विश्वासको मत पाएका देउवा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । उनले कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई समेट्ने गरी मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका छन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ११:२६