२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बालकोटमा एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

५ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएकाे छ ।

आज विहान अध्यक्ष ओलीलाई भेट्न विप्लवसहित नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता बालकोट गएका हुन् । नेकपाका नेताहरुले अ‍ोली नेतृत्वको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लाे समयमा विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ११:०३