२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मोदी र देउवाबीच टेलिफोन वार्ताः कोरोना खोप छिट्टै उपलब्ध गराउने आश्वासन

४ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा नेपाललाई छिट्टै आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १५:०८