१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

भीम रावललाई अध्यक्ष ओलीकाे आग्रहः सकिन्छ भने राजीनामा फिर्ता लिनुस्


४ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।

ओलीले भने ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि विश्वासको मत दिन्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता लिनुस् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १४:२९