१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

संस्थापन इतरका कांग्रेस नेताहरुको बैठक शशांक निवासमा जारी


४ साउन, काठमाडाैँ । महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा संस्थापन इतरका नेताहरुको बैठक सुरु भएको हो ।

छलफलमा नेता पौडेलसहित डा.कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा.रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । बैठकमा क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गरिने बताइएकाे छ । साथै छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १३:२९